“नेमारलाई साइन गरे बार्सिलोनाको खेल परियोजना र आर्थिक स्थिरता खतरामा पर्नेछ”

टोनी फ्रेक्सा, बार्सिलोनाका पूर्व निर्देशक र क्लब अध्यक्ष पदका उम्मेद्वारले नेमार साइन गर्नु बार्सिलोनाको लागि नराम्रो हुने भनेर बताएका छन्।

ब्राजिलका सुपर स्टार पिएसजी छोड्ने क्रममा छन् र बार्सिलोनाले उनलाई फेरी साइन गर्न सक्ने भएको छ तर टोनी फ्रेक्सा यो कुराको विरुद्धमा रहेको देखिन्छ।

“नेमारलाई साइन गरेर हामी बार्सिलोनाको खेल परियोजना र आर्थिक स्थिरतालाई खतरामा पार्न नजिक छौ”- उनले Marca संग कुरा गर्दै भने

“मलाई थाहा छैन बार्सिलोना किन फेरी नेमारलाई साइन गर्न चाहन्छन्, म आशा गर्दै छु नेमार बार्सिलोनामा फर्किने कुरा झूट होस् भनेर”