नेमारलाई बेच्न पिएसजी तयार, यति रकमको माग

आउँदो गर्मीको विन्डो अघि पिएसजीले नेमारको लागि आफ्नोको माग मूल्य केहि घटाएको छ।

मार्काका अनुसार नेमार बार्सिलोनामा पुन: सम्मिलित हुन धेरै नजिक छ किनकि पेरिस सेन्ट-जर्मेनले नेमारलाई आउँदो गर्मी क्लब छोड्ने दिने खबर छ र उनको लागि पिएसजीले १५० मिलियन यूरोको माग गर्ने खबर छ।

क्लबका खेल निर्देशक लियोनार्डोले निर्णय गरेका छन कि नेमारलाई पहिलोपटक पेरिस छोड्न दिने छ, यो कुरा केहि महिना अघि अकल्पनीय थियो, तर काइलियन एम्बाप्पेलाई क्लब छोड्ने अनुमति नदिने खबर छ ।

बार्सिलोनाले उनलाई १५० मिलियन युरोमा किन्न सक्ने खबर छ र पिएसजीले उनको मूल्य घटाएको फाइदा बार्साले लिने खबर छ।

बार्सिलोनाले उनि नेमारलाई फेरी साइन गर्ने बारेमा खुलेर बोल्दै गरेका छन्, अध्यक्ष जोसेप मारिया बार्टोमेयूको प्राथमिकता पनि नेमार रहेको खबर थियो भने उनलाई साइन गरेर लियोनेल मेसीलाई खुसी पार्ने बार्साको योजना पनि छ।