मार्सेलीका खेलाडी अल्भारो गोन्जालेज र नेमार बिचको खराब सम्बन्ध जारी रहेको छ। अक्टोबरमा पिएसजी र मार्सेली बिचको खेल निकै तनावपूर्ण भएको थियो भने नेमार र गोन्जालेज बिच त्यो खेलमा केही तनाव हुन गएको थियो र सो घटना देखि दुई बिचको सम्बन्ध खराब रहेको देखिन्छ।
सोमबार लिग १मा फेरी पनि पिएसजी र मार्सेली बिच भेट भएको थियो र अल्भारो गोन्जालेजको प्रयास नेमारलाई फाउल गर्ने स्पष्ट रूपमा देख्न सकिन्छ तर खेलको ६५औ मिनेटमा उनको त्यो प्रयास उल्टो भयो।
नेमारले बल अगाडी बढाउने क्रममा गोन्जालेजले आफ्नो खुट्टा नेमारको टाउको सम्म लग्न खोजे र नेमारलाई फाउल गर्ने प्रयासमा गोन्जालेज आफै चोट ग्रसित हुन पुगे।
Left knee injury for Marseille’s Álvaro González. Bit of hyperextension/varus (knee back/out)
Main concern for bone bruise/capsule sprain (+/- LCL/PLC).
While cruciates can be injured w/ hyperext, think ok here.#OMPSG #Ligue1 pic.twitter.com/nJmjxdnya5— InjuryMechanisms (@IMechanisms) February 7, 2021
सोमबार भएको सो खेल पनि केही तनावपूर्ण रहेको थियो। सो खेलमा मार्सेलीमा पायेतले रातो कार्ड पाएका थिए सो खेल भने पिएसजीले २-०ले जितेको थियो।