नेमारलाई पुन अनुबन्धन गर्ने कुनै योजना छैन:- बार्सिलोना

स्पेसिन क्लब बर्सिलोनाले आफ्ना पुर्व खेलाडी नेयमारलाई पुन अनुबन्धन गर्ने कुनै योजना नभएको बताएको छ । स्पेनिस महारथी बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले नेयमारलाई क्लबमा फर्काउने कुनै योजना नभएको बताए ।

पछिल्लो स्पेनिस रिपोर्ट अनुसार क्याटलान क्लबले ब्राजिलका अन्तराष्ट्रिय सुपरस्टार नेयमारलाई क्याप नाउमा पुन फर्काउने इच्छा देखाएको बताईएको थियो । नेयमार गत बर्षमात्र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीमा कीर्तिमानी मुल्यमा अनुबन्धित भएका थिए । फ्रान्सेली क्लबले नेयमारलाई कीर्तिमानी २ सय २२ मिलियन युरो तिरेको थियो ।

बार्सिलोनामा लियोनल मेस्सी र लुईस सुआरेजसंग जमेका नेयमारले स्पेन बसाईलाई अन्त्य गर्दै फ्रान्सको पेरिसमा सरेका थिए । तर बार्सिलोनाका अध्यक्षले नेयमारलाई पुन क्लबमा ल्याउने आफ्नो कुनै सोच नभएको बताए । ‘उनलाई क्लबमा फर्काउने हामीसंग कुनै योजना छैन ।’ उनले भनेका छन् ।

‘हामीसंग आगामी जनवरीमा नयाँ खेलाडी अनुबन्धन गर्ने कुनै योजना छैन । हामीसंग बी टिमका खेलाडी छन् । जसले ए टिममा आफुलाई राख्न सक्छन् । ‘ उनले थपे ।

पीएसजीमा अनुबन्धन भएपछि नेयमारले आफ्नो नाम अनुसारको खेल प्रर्दशन गरिरहेका छन् । उनले ४१ खेलमा ३९ गोल गरेका छन् । उनले २१ गोलका अवसर समेत सिर्जना गरेका छन् ।