नेमारलाई क्लबमा फिर्ता गर्न बार्सा खेलाडीहरू ‘हताश’ छन्

पिएसजीका सुपरस्टार नेमार आफ्नो पुर्व क्लब बार्सिलोना फर्किन सक्ने धेरै चर्चा रहेको छ भने बार्साका खेलाडीहरूको पनि सो इच्छा रहेको खबर छ।

२९ वर्षका सुपरस्टार नेमार र पिएसजी बिचको वार्ता होल्डमा रहेको छ भने सो वार्ता अगाडी बढ्न नसक्दा उनी पिएसजीमा फर्किने चर्चा फेरी चलेको छ। हाल खबर अनुसार बार्साका सुपरस्टार मेस्सी र अन्य खेलाडी उनलाई क्लबमा फिर्ता आएको देख्न ‘हताश’ छन्।

खबर अनुसार मेस्सी अझै पनि नेमारलाई बार्सामा फर्केको देख्न चाहन्छन्। मेस्सी बार्सा मै रहने सम्भावना बढेको कारण पनि नेमार पिएसजी सँग नयाँ सम्झौतामा जान केही अनिच्छुक रहेको चर्चा छ। मेस्सी सँग फेरी खेल्ने नेमारले आफ्नो इच्छा स्पष्ट राखेका छन् र उनी बार्सा फर्किने हल्ला उनी पिएसजी आए देखि हुने गरेको छ।

नेमारको पुर्व एजेन्टले पनि मेस्सी सँग फेरी खेल्ने नेमारको इच्छा रहेको बताएका थिए भने र सो कुरा बार्सामा मात्र सम्भव हुने उनले दाबी गरेका थिए।

हाल नेमार र पिएसजी बिच सम्झौताको वार्ता रोके पछि उनी फेरी बार्सा जान चर्चा बढेको छ। पिएसजीमा आफ्नो सम्झौताको अन्त्य पछि फ्री एजेन्टको रूपमा बार्सा फर्किने नेमारको योजना रहेको चर्चा छ।