‘नेमारलाइ फिर्ता ल्याउन प्रयास गर्दै बार्सिलोना’

नेमार बार्सिलोना फिर्ता आउने भनेर धेरै अगि देखिनै हल्ला चल्दै आएको छ, उनि £१९७ मिलियनमा बार्सिलोना छोडेर पीअसजी आएका थिए। अहिले RAC1को अनुसार बार्सिलोना नेमारलाइ फिर्ता ल्याउन प्रयास गर्दै छन् र पी अस जी संग बार्सिलोनाको पहल हुदै छ। खबर यहाँ सम्म छ नेमारलाइ फिर्ता ल्याउन बार्सिलोनाले पी अस जीलाइ डेम्बेले प्रस्ताव गर्ने छ।

 


नेमारले २०१७मा बार्सिलोना छोडेका थिए र उनि पी अस जीमा आए। पी अस जी संग उनले लिग जितेका छन् भने ५८ खेलमा ५१ गोल गरेका छन् तर उनले मेस्सीलाइ टकर दिने खालको प्रदर्शन भने रहेको छैन जुन उनले बार्सिलोना छोड्नेको मुख्य कारण मध्ये एक भनेर विश्वास गरिएको थियो।