नेमारद्वारा रियल म्याड्रिडका स्टारलाई पिएसजी आउन आग्रह

नेमारले रियल म्याड्रिडका स्टार डिफेन्डर रामोसलाई पिएसजी आउन आग्रह गरेको खबर रहेको छ। रियल र रामोस बीचको सम्झौता अन्त्य हुने क्रममा रहेको छ र दुई बीच नयाँ सम्झौता हुन नसकेको बेला पिएसजीले उनलाई साइन गर्ने चासो देखाएको छ।

खबर अनुसार पिएसजी र ब्राजिलका सुपरस्टार नेमारले उनलाई पिएसजी आउन आग्रह पनि गरेका छन्। खबर अनुसार नेमारले रामोसलाई भनेका छन्उ कि नि क्लबमा आए आफुले पनि पिएसजी संग सम्झौता विस्तारमा हस्ताक्षर गर्ने आश्वासन दिएका छन् र उनि आए एम्बाप्पेले पनि नयाँ सम्झौतामा साइन गर्ने नेमारको विश्वास छ।

“सर्जियो, यदि तपाइँ पिएसजीमा आउनु हुन्छ भने, म अर्को दिन मेरो सम्झौता नविकरण गर्नेछु,” नेमारले भनेको खबर छ। “म पछि,एम्बाप्पेले पनि नवीकरण गर्ने ह। यदि तपाई पिएसजीमा सामेल हुनुभयो भने हामीले कम्तिमा दुई युरोपेली कप जित्न सक्छौं।

हाल रियल र रामोस बीच सम्झौताको बारे वार्ता हुदै गरेको छ तर सो वार्ताहरु फलदायी हुन सकेको छैन र क्लब र रामोस बीच सहमति हुन गार्हो भएको बेला पिएसजी उनलाई साइन गर्न इच्छुक रहेका छन्।