‘नेमारको लागि बार्सिलोनाले एक यूरो पनि खर्च गर्ने छैन’

बार्सिलोनाले नेमारको लागि रकम खर्च गर्न नगर्ने खबर आएको छ। खबर अनुसार पिएसजीले रकमको सट्टा अरु खेलाडी हेरफेर गर्नेमा सहमत भए मात्र बार्सिलोनाले नेमार साइन गर्ने छ।

नेमारले पिएसजी छोड्ने लगभग पक्का हुदै गर्दा पिएसजी बार्सिलोना बीच केहि सम्झौता भएको छैन। रियलले पनि नेमार साइन गर्न चासो देखाए पनि बार्सिलोनाले अहिले सम केहि ठोस कदम चलेको छैन।

बार्सिलोना उनलाई साइन गर्न इच्छुक भए पनि अहिले सम्म दुइ क्लब सहमतिमा जान सकेको छैन र Marcaको अनुसार नेमारको लागि बार्सिलोनाले एक यूरो पनि खर्च गर्ने छैन। बार्सिलोना पिएसजी संग खेलाडी साट्न चाहन्छन् ।