नेमारको लागि पिएसजीले माग्यो येति रकम- बार्सिलोना र रियलको प्रतिस्पर्धा

पिएसजी नेमारलाई बेच्न तयार रहेको छ र नेमार पनि क्लब छोड्न धेरै आतुर रहेको खबर छ तर अहिले सम्म उनि कता जाने भनेर टुंगो लागेको छैन।

खबर छ कि पिएसजीले नेमारको लागि २५० मिलियन युरोको माग गरेको छ। उनि बार्सिलोना फर्किने कुरा हुँदै गर्दा केहि बार्सिलोना भएको छैन र उक्त स्थितिको फाइदा लिन रियलले पनि उनलाई साइन गर्न प्रयास गर्दै गरेका छन् तर रियल संग पनि उनको केहि प्रक्रिया अगि बढेको छैन।

खबर थियो कि बार्सिलोनाले उनको लागि रकम खर्च नगरी खेलाडी हेरफेर गर्ने छन् र कौटिन्हो दिएर नेमार साइन गर्ने कुरा पनि चलेको थियो तर खबर छ कि पिएसजीले नेमारको लागि रकमकै माग गर्दै आएको छ।

रियलले पनि उनलाई साइन गर्न प्रयास गर्दै गरेको खबर छ तर रियलले पनि रकम र खेलाडीको प्रस्ताव राखेको कुरा छ र हाल कुनै समझौता भएको छैन।

नेमार साइन गर्न दुइ चिर प्रतिद्वंद्वी बार्सिलोना र रियलको प्रतिस्पर्धामा रहेका छन्। पिएसजी २५० मिलियन युरोको माग गर्दै गरेको छ।