नेमारको बारे बोल्दै जिदानले भने “जे पनि हुन सक्छ”

रियल म्याड्रिडका म्यानेजर जिदानले नेमारको रियल आउने सम्भावना कायम रहेको सङ्केत दिएका छन् उनले उक्त कुरा बारे बोल्दै जे पनि हुन सक्छ भने। रियल र बार्सिलोना नेमार साइन गर्ने होडमा छन् र जिदानको भनाइले नेमार रियल जान सक्ने कुराको चर्चा धेरै भएको छ।

“हामी अब हुने खेलको बारेमा मात्र सोच्दै छौ, हामी संग जो खेलाडी छन् मलाई ति बारे मात्र थाहा छ तर सेप्टेम्बर २ सम्म जे पनि हुन सक्छ” -जिदान