नेमारको पेनाल्टी विफल पार्न गोलकिपरले यस्तो अनौठो रणनीति लगाए पछि

यो सिजन पिएसजी फ्रेन्च लिग जित्न असफल भएको छ। एन्जर्सलाई २-१ ले हराउँदै लिलले फ्रेन्च लिग वानको उपाधि जितेको छ। लिलले १० वर्षपछि लिगको उपाधि जितेको हो।

लिग वानको अन्तिम खेलमा पिएसजीले ब्रेस्टलाई २-० गोलले पराजित गरे पनि एक अंकको फरकमा लिलले लिग जितेको छ। उपाधि आशालाई जीवित राख्न सो खेल पिएसजीलाई जित्न पर्ने दबाब थियो भने ब्रेस्टका खेलाडीहरू पिएसजीलाई रोक्ने मानसिकतामा थिए।

उक्तमा खेलको १८ औँ मिनेटमा पिएसजीले अग्रता लिने मौका पायो जब पिएसजीले पेनाल्टी पायो। नेमार उक्त पेनाल्टी लिन अगाडी बढे भने ब्रेस्ट का गोलकिपर गौटीएर लार्सनरले उनलाई रोक्न निकै अनौठो रणनीति लगाए।

पेनाल्टीको क्रममा गोलकिपर गोल लाइनको सेन्टरमा बस्ने गर्छन् तर उनी पोस्टको दाहिने तिर बसे र आफ्नो बायाँ उनले खाली राख्दै उनले नेमारलाई चुनौती दिँदै नेमार माथि मानसिक दबाब हाले र गोलकिपरको उक्त अनौठो रणनीतिले काम गर्‍यो नेमारले सो पेनाल्टी मिस गर्न पुगे।

हाल उक्त पेनाल्टीको भिडियो भाइरल हुँदै गएको छ। यद्यपि पिएसजीले ३७औँ मिनेट भएको ओन गोलबाट अग्रता लियो भने ७१ औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै अग्रता दोब्बर गरे। उक्त जित बाबजुद पिएसजी यो सिजन लिग भने जित्न असफल रहेको छ।