नेमार र पिएसजी बिच नयाँ सम्झौता धेरै नजिक पुगेको खबर थियो भने हाल सो वार्तामा ब्रेक लागेको खबर छ। खबर अनुसार २९ वर्षका सुपरस्टार नेमार र पिएसजी बिचको वार्ता होल्डमा रहेको छ भने सो वार्ता अगाडी बढ्न नसक्दा उनी पिएसजीमा फर्किने चर्चा फेरी चलेको छ।
Neymar freezes renewal talks with PSG and offers himself to Barcelona https://t.co/QvKTBGyajZ
— SPORT English (@Sport_EN) April 3, 2021
मेस्सी बार्सा मै रहने सम्भावना बढेको कारण उनी पिएसजी सँग नयाँ सम्झौतामा जान केही अनिच्छुक रहेको चर्चा छ। मेस्सी सँग फेरी खेल्ने नेमारले आफ्नो इच्छा स्पष्ट राखेका छन् र उनी बार्सा फर्किने हल्ला उनी पिएसजी आए देखि हुने गरेको छ।
नेमारको पुर्व एजेन्टले पनि मेस्सी सँग फेरी खेल्ने नेमारको इच्छा रहेको बताएका थिए भने र सो कुरा बार्सामा मात्र सम्भव हुने उनले दाबी गरेका थिए।
Barcelona ‘want Neymar to wait a year to return to the Nou Camp for FREE’ https://t.co/eebGjmf7qd
— MailOnline Sport (@MailSport) April 5, 2021
हाल नेमार र पिएसजी बिच सम्झौताको वार्ता रोके पछि उनी फेरी बार्सा जान चर्चा बढेको छ। पिएसजीमा आफ्नो सम्झौताको अन्त्य पछि फ्री एजेन्टको रुपमा बार्सा फर्किने नेमारको योजना रहेको चर्चा छ।