नेमारको जर्सी बेच्नेमा पिएसजीले रोक लगाए

पिएसजीले आफ्नो स्टोरबाट सुपरस्टार नेमारको जर्सी बेच्नेमा रोक लगाएको खबर छ।

पिएसजी छोड्ने क्रममा रहेका नेमार माथि फ्यानहरुले रीस देखौन थालेका छन् र उनको बिरोधमा स्टेडियममा फ्यानहरु नारा लगाउने देखि ब्यानर देखाउने जस्तो कार्य हुँदै गर्दा पिएजीले भने उनको जर्सी बेच्न छोडेका छन्।

नेमार एकमात्र तस्बिर हाल नाईकको जुत्ता बेच्ने स्टलमा मात्र रहेको छ । पीएसजीले सिजनको पहिलो लिग खेलमा नेयमारबिनै जित दर्ता गरिसकेको छ । उक्त खेलमा नेयमारविरुद्ध समर्थकले नाराबाजी पनि गरेका थिए ।

निम्सविरुद्ध ३–० को जित निकालेको खेलमा ‘नेयमार आउट’ भन्ने नारा घन्काउँदै स्टेडियमभर ब्यानरहरु प्रदर्शन गरेका थिए । घरेलु मैदानमा निम्सविरुद्धको खेलमा समर्थकहरुले ‘नेयमार क्लब छाडेर जाउ’ जस्ता नारा लेखिएको ब्यानर प्रदर्शन गरेका थिए ।

क्लबका निर्देशक लियोनार्डाेले नै नेयमारलाई लिग वानको शुरुवाती खेलमा टिममा राखेका थिएनन् । नेयमारले क्लब छाड्ने मनासय बनाइरहँदा क्लबले उनलाई टोलीमै नसमेटेको हो । नेयमार स्पेनिस क्लब बार्सिलोना या रियाल म्याड्रिडमा जाने सम्भावना छ ।