नेमारको खाली ठाउँ भर्न पिएसजीले यो खेलाडी भित्राउने

LONDON, ENGLAND - AUGUST 20: Wilfried Zaha (11) of Crystal Palace, (11) Mohamed Salah of Liverpool F.C. during the Premier League match between Crystal Palace and Liverpool FC at Selhurst Park on August 20, 2018 in London, United Kingdom. (Photo by Sebastian Frej/MB Media/Getty Images)

नेमार हालै पिएसजी छोड्ने क्रममा छन् र क्लबले छिटै उनको ठाउँमा नयाँ खेलाडी साइन गर्न सक्ने छन् र उक्त खेलाडी इन्ग्लिश क्लब क्रिस्टल प्यालेसका विल्फ्रिड जाहा हुन सक्ने खबर आएको छ।

ब्राजिलका सुपर स्टार नेमारले क्लब छोड्ने पक्का पाकी भए संगै पिएसजीले नयाँ खेलाडीको खोजि गर्न सुरु गरेको हो । जाहा साइन गर्न पीएसजीले आफ्ना प्रतिनिधिहरुलाई लण्डन पठाएको खबर छ।

२६ वर्षे जाहाको लागि पिएसजीले १०० मिलियन पाउण्ड सम्म खर्च गर्ने सक्ने छ। आइभरी कोस्टका खेलाडीले पनि आफु क्लब छोड्न चाहेको भनेर प्यालेसलाई बताएको खबर आएको थियो।

ब्राजिलियन फरवार्ड नेयमार अनुबन्धको लागि पछिल्लो समय दुई स्पेन क्लब बार्सिलोना र रियल मड्रिड लागिपरेका छन् । यस्तै इटालियन क्लब युभेन्ट्सले पनि इच्छा देखाएको छ ।