पिएसजीका प्रशिक्षक टुचेल लिगमा बोर्डो बिरुद्धको ड्र पछि खुसी छैनन् र नेमारले आउँदो च्याम्पियन्स लिग खेलमा पिएसजीले धेरै प्राथमिकता दिने भनेर युनाइटेडलाई चेतावनी दिएका छन्। ओले गुन्नार सोल्स्कजायरको टीमले पिएसजी संग खेल्ने छ र नकआउट चरणमा पुग्न युनाइटेडलाई केवल एक अंक चाहिन्छ।
Man Utd warned they’ll face PSG backlash in Champions League#MUNPSG #MUFC #MUFCPSGhttps://t.co/LQyopEl9pt
— Daily Star Sport (@DailyStar_Sport) November 30, 2020
च्याम्पियन्स लिगमा पनि आरबी लाइपजिग संग हारे पनि दोस्रो लेगको खेलमा पिएसजीले लाइपजिग बिरुद्ध १-०को जितबाट बदला लिए र नेमारको विश्वास छ कि युनाइटेड बिरुद्ध पनि पिएसजी बदला लिन सक्षम हुने छ।
“हामीलाई आउँदो च्याम्पियन्स’ लिग खेलको महत्त्व थाहा छ, “नेमारले क्यानल प्लसलाई भने। “आरबी बिरुद्धको च्याम्पियन्स लिग खेलमा हाम्रो खेल धेरै राम्रो रहेन- तर हामी जित्न सफल भयौं।
Neymar demands more from PSG against Man Utd 🤞 pic.twitter.com/dX8HXeGNwO
— Goal Asia (@Goal_Asia_) November 29, 2020
“तर आउँदो युनाइटेड बिरुद्धको खेलमा हामी हाम्रो उत्कृष्ट खेल देखाउने कोशिस गर्नेछौं, हामी राम्रोसँग खेल्नेछौं तर हामीले केहि कुरामा सुधार गर्नु आवश्यक छ, टिमको रूपमा अझ खेल्नुपर्दछ, अझ संगठित हुनुपर्दछ, अन्यथा यो गाह्रो हुने छ।”