म्यानचेस्टर युनाइटेडले आउँदो ग्रीष्मको ट्रान्सफर विन्डोमा नेपोली डिफेन्डर कालिदौ कौलीबालीको लागि ठूलो प्रस्ताव राख्ने तयारी गरेको खबर छ।
मिररको अनुसार नेपोली डिफेन्डरलाई ओल्ड ट्र्याफर्डमा ल्याउन ओले गुन्नारको प्रयासमा असफल भएको थियो।
Manchester United remain determined to sign Kalidou Koulibaly.
The defender is seen as the perfect partner for Harry Maguire.
(via Sunday Mirror) pic.twitter.com/R2yx37mbaS
— Transferchanger (@TransferChanger) February 2, 2020
यद्यपि युनाइटेडका कोच कौलीबालीलाई क्लबमा साइन गर्न उनलाई क्लबमा सबैभन्दा धेरै तलब पाउने खेलाडी मध्ये एक बनाउन तयार रहेको खबर छ।
सेनेगल इन्टरनेशनलका लागि युनाइटेडले करिब £९० मिलियन तिर्न पर्ने हुने छ।
कालिदौ कौलीबाली युरोपको उच्च मूल्यांकन गरिएको डिफेन्डरहरू मध्ये एक हुन्, र पिएसजी, चेल्सी, र रियल म्याड्रिड जस्ता अन्य क्लबहरूबाट उनि माथि धेरै चासो आएको छ।
🗣️ RUMOUR: Manchester United are still desperate to sign Napoli centre back Kalidou Koulibaly and will move for the Senegal international this summer.
📰 SOURCE: Mirror#TransferNews #MUFC pic.twitter.com/AZLKn8Z47Z
— Transfer Site (@TransferSite) February 3, 2020
उनलाई क्लब छोड्नबाट रोक्न नेपोली जनवरीमा उनलाई प्रति सिजन £१० मिलियन दिन तयार थिए।