नेपाल सुपर लिगमा आज दुई खेल हुदै

काठमाडौं, नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज दुई खेल हुँदैछ। दिउँसो २:३० बजे एफसी चितवनले बुटवल लुम्बिनी एफसीको सामना गर्ने छ भने साझ ५:३० बजे बिराटनगरले पोखरासंग भिड्ने छ।

चितवन लिगको पहिलो जितको खोजीमा हुनेछ। त्येस्तै बुटवल लुम्बिनी एफसी आफ्नो जितको लय कायम राख्न चाहन्छ।

चितवन पहिलो खेलमा ललितपुर सिटि एफसीसंग बराबरीमा खेलेको थियो। अमित तामाङले अन्तिम समयमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै हार तारेको हो।

बुटवल लुम्बिनी एफसीले पहिलो खेलमा पोखरा थन्डर्सलाई २-० गोलले पराजित गर्न सफल रह्यो। अर्मान्ड र अजित भन्दारीको अन्त्माघाती गोल उपहार मिलेको थियो।

त्येस्तै दोश्रो खेलमा बिराटनगर उत्कृष्ट लयमा देखिन्छ। एफसी धनगंढिलाई ३-० गोलको फराकिलो अन्तरले जितेको थियो। बिराटनगरका लागि बिक्रम धिमाल, अडेलाजा ओलोवावुम्नी र सन्तोश तामाङले गोल गरे। बिराटनगर हाल अंक तालिकामा शिर्ष स्थानमा रहेको छ।

पोखरा भने पहिलो हार बिर्सदै जित्न चाहन्छ। पहिलो खेलमा बुटवल लुम्बिनीसंग डिफेन्समा कम्जोर प्रदशनलाई सुधार्दै जित्न चाहन्छ।