नेपाल सुपर लिगको सबैभन्दा मूल्यवान् टिम कुन हो?

नेपाली फुटबलको पहिलो फ्रेंचाइज फुटबल लिग- नेपाल सुपर लिग शनिवार दशरथ रङ्गशालामा सुरु भयो । प्रतियोगिताको पहिलो खेलमा काठमाडौंं रेजर्सले ललितपुर सिटी विरुद्ध १-०को जित हात परेको थियो।

नेपाल सुपर लिग नेपाली फुटबल फ्यानहरूको लागि नयाँ कुरा हो भने सो प्रतियोगिताबाट फ्यानहरू पनि धेरै उत्साहित छन्।

उक्त सुपर लिगमा कुल सात टिमहरू छन् भने अर्को वर्ष थप नयाँ टिम आउने जानकारी छ। सुपर लिगका टिमहरू निकै व्यावसायिक छन् भने क्लबहरूमा राम्रो लगानी पनि छ जसको कारण क्लबहरू युरोपेली खेलाडीहरू पनि भित्राउन सफल भएका छन्।

स्टार खेलाडीहरूको खेलबाट फ्यानहरू पक्कै पनि उत्साहित हुने छन् तर उक्त खेलाडीहरूले क्लबलाई मैदान भित्र मात्र नभै बाहिर पनि फाइदा दिने गरेको छ। स्टार खेलाडीहरूको कारण क्लबको मूल्याङ्कन पनि बढ्ने गरेको छ भने प्रख्यात अन्तर्राष्ट्रिय फुटबल ट्रान्सफर वेबसाइट ट्रान्सफर मार्केटले नेपाल सुपर लिग क्लबहरूको मूल्याङ्कन पनि राखेको छ।

ट्रान्सफर मार्केटको मद्दतमा नेपम्याग स्पोर्ट्सले नेपाल सुपर लिगको सबैभन्दा मूल्यवान् टिमहरूको सुची तयार गरेको छ जुन तल हेर्न सक्नुहुने छ(मूल्य युरोमा रहेको छ) :-

विराटनगर सिटी एफसी- €४५०,०००
-सबैभन्दा मूल्यवान् खेलाडी- पेड्रो मन्ज़ी ( €२७५,०००)

धनगढी एफसी- €४२५,०००
-सबैभन्दा मूल्यवान् खेलाडी- किरण लिम्बू( €१५०,०००)

एफसी चितवन- €३७५,०००
-सबैभन्दा मूल्यवान् खेलाडी- गोरान जेर्कोविक ( €२००,०००)

बुटवल लुम्बिनी एफसी- €३००,०००
-सबैभन्दा मूल्यवान् खेलाडी- करीम नुरिन ( €१००,०००)

ललितपर सिटी एफसी- €२७५,०००
-सबैभन्दा मूल्यवान् खेलाडी- अञ्जन विष्ट ( €१००,०००)

पोखरा थन्डर्स- €२७५,०००
-सबैभन्दा मूल्यवान् खेलाडी- सुजल श्रेष्ठ ( €१५०,०००)

काठमाडौं रेजर्स- €१५०,०००
-सबैभन्दा मूल्यवान् खेलाडी- तेज तामाङ ( €७५,०००)