“नेपाल विरुद्धको मैत्रीपूर्ण खेल पनि निकै महत्वपूर्ण”- मलेसियन प्रशिक्षक

मलेसिया फुटबल टोलीका प्रशिक्षक तान चेङ होइले नेपाल विरुद्धको मैत्रीपूर्ण फुटबल म्याचलाई गम्भिर रुपमा लिएको बताएका छन् ।

मलेसियाले फिफा विश्वकप छनौटको पहिलो चरणतर्फ टिमोर लिस्टेको सामना गर्दैछ । यद्यपि नेपालले माथिल्लो वरियताका अनुसार विश्वकप छनौटको पहिलो चरण नखेली सोझै दोस्रो चरणमा खेल्ने अवसर पाएको छ । फिफा वरियतामा नेपाल १६१औं स्थानमा छ भने मलेसिया १६८औं स्थानमा छ ।

कुराकानीका क्रममा मलेसियन प्रशिक्षक होइले भनेका छन्, “जुनसुकै टोली भए पनि हामीले हाम्रो टिम र खेल्ने शैलीमा गम्भिर भएर ध्यान दिईरहेका छौं । हाम्रो लागि प्ले अफ म्याच निकै महत्वपूर्ण भएकोले हामीले नेपाल विरुद्धको खेललाई पनि गम्भिरताका साथ लिएका छौं ।”

नेपाल र मलेसियाबीचको मैत्रीपूर्ण फुटबल म्याच आइतबार स्थानीय समय अनुसार १० बजेदेखि क्वाललम्पुर स्थित बुकिट जलील नेशनल स्टेडियममा हुँदैछ ।

@Kheldainik