नेपाल राष्ट्र बैंकमा जागिर खुल्यो; यसरी आबेदन दिनुहोस् र सजिलैसंग फाराम भर्नुहोस

बैंकमा रिक्त रहेका विभिन्न पदका लागि मिति २०७६।०७।०८ देखि २०७६।०७।२८ गते बैकिङ्ग समयभित्र दरखास्त दस्तुर सहित दरखास्त फाराम बुझाउनु हुन सूचित गरिन्छ । सो अवधिभित्र दरखास्त दस्तुर बुझाउन नसक्नेहरूका लागि मिति २०७६।०८।०५ सम्म दोब्बर दस्तुर तिरी अवेदन दिन सकिनेछ ।

पद हरु
१. सहायक निर्देशक ( अधिकृत तृतीय ) २८ जना
२. सहायक निर्देशक ( अधिकृत तृतीय लेखा प्रसासन ) ८ जना
३. सहायक सहायक दित्तीय ३१ जना

PDF FILE CLICK HERE
आबेदन दिनको लागि यहा CLICK HERE
दरखास्त फाराम भर्दा ध्यान दिनु पर्ने कुराहरु :

१. सर्बप्रथम Registration गर्नुहोस् । त्यसको लागि आफुले भर्ने विज्ञापन भएको ठाउँको Apply मा click गर्नुहोस् अथवा screen को top-right corner मा Registration मा click गर्नुहोस् ।

क) Password कम्तिमा ६ characters को हुनु पर्नेछ, जस मध्ये एउटा Capital letter र एउटा Number हुनु पर्नेछ ।

ख) Captcha राख्दा देखिए अनुरुप Capital र Small letter मा लेखी continue मा click गर्ने ।

२. यस पछि Login ID प्राप्त हुनेछ । एक भन्दा बढी विज्ञापनमा Apply गर्दा र प्रबेशपत्र लिंदा समेत यहि Login ID प्रयोग गर्नु पर्ने भएकोले सो Login ID र Password सुरक्षित राख्नु पर्नेछ ।

३. पुनः आफुले भर्ने विज्ञापन भएको ठाउँको Apply मा click गर्नुहोस् ।

४. यसपछि General तथा Document दुबै tab को fields मा भर्नु पर्ने विवरणहरु भरी Submit गर्नुहोस् । दरखास्तवालाको नाम र पारिवारिक विवरण देवनागरी (bishall font) मा लेख्नु पर्ने छ । अन्य विवरण ENGLISH मा भर्नु पर्ने छ ।

५. उपरोक्त प्रक्रिया पश्चात् बुझाउनु पर्ने परीक्षा दस्तुर र उल्लेख भएको Application Confirmation Slip प्राप्त हुनेछ । सो Application Confirmation Slip लाई आफ्नो portal मा login गरे पश्चात् Applied Vacancies tab मा गएर पनि download या print गर्न सकिनेछ ।

६. Online दरखास्त फारम Submit गरे पश्चात प्राप्त हुने Application Number अनुरुप बुझाउनु पर्ने परिक्षा दस्तुर eSewa, Fone Pay, RBB Mobile Banking, Connect IPS मार्फत बुझाउनु पर्नेछ ।

Application Number र नाम उल्लेख नगरिएको तथा तोकिए बमोजिमको रकम जम्मा नगरेको Online दरखास्त फारम रीतपूर्वक भएको मानिने छैन।

७. eSewa, Fone Pay , RBB Mobile Banking, Connect IPS मार्फत भुक्तानी गर्दा आफ्नो User Id र Password प्रयोग गरी पुन:

Login अथवा View all vacancies मा Click गर्दा देखिने Payment Option हरु मध्ये आफुले प्रयोग गर्न चाहेको Option मा Click
गरी भुक्तानी गर्न सकिनेछ ।

८. परीक्षा दस्तुर तथा attach गरेको documents बैंकबाट verification गरिने भएकोले केहि समय लाग्नेछ ।

९. प्रवेशपत्र तथा परिक्षाकेन्द्र सम्वन्धी सुचना बैंकको Website मा पछि प्रकाशित गरिनेछ ।

१०. परीक्षा फाराम भर्दा खुला, महिला तथा समावेशी समुहमध्ये कुन कुनमा भर्ने सो सम्बन्धमा स्पष्ट हुनुपर्नेछ । एकपटक फर्म submit गरेपछी पुन समुह
थप गर्ने गरी फर्म Edit गर्न पाइने छैन ।

११. एक पटक submit भएको दरखास्त फाराम फेरी edit गर्न सकिने छैन | तोकिए बमोजिम परीक्षा दस्तुर जम्मा नगरेमा, झूठा विवरण पेस गरी online दरखास्त फाराम भरेमा वा विवरण अनुसार प्रमाणपत्र अपुग भएमा सो दरखास्त फाराम स्वतः रद्द हुनेछ ।

१२. दरखास्त Reject वा Accept भएको जानकारी SMS मार्फत् गराइनेछ । तथा सो को जानकारी यस बैंकको website मा login गरी केही दिन पछि हेर्न सकिने छ । कारणबस Reject भएका दर्खास्तहरु दर्खास्त दिने अन्तिम दिन सम्ममा सोही login बाट आफैले सच्चयाउन सकिने छ ।

१३. समावेसीको हकमा महिला बाहेक अन्य समूहमा apply गर्दा सो को प्रमाणपत्र “Documents” tab मा अनिवार्य upload गर्नु पर्नेछ |