नेपाल राष्ट्रिय फुटबल टिमले र्इङल्याण्डकाे क्लब क्युपीआरसंग खेल्ने

नेपालको राष्ट्रिय फुटबल टिमले इङ्ल्याण्डको क्विन्स पार्क रेन्जर्स फुटबल क्लबसंग मैत्रिपुर्ण खेल खेल्ने भएको छ ।
अर्को बर्ष मे महिनामा नेपालले प्रिमियर लिग खेलिसकेको च्याम्पियनसिप क्लब क्युपीआरसंग मैत्रिपुर्ण खेल खेल्ने तय भएको हो ।

फिफाको कार्यक्रमका लागि इङ्ल्याण्ड पुगेका अखिल नेपाल फुटबल संघ र क्लबका पदाधिकारीबीच भएको छलफलमा सो सहमती भएको हो । क्युपीआरले अहिले इङ्ल्याण्डको दोस्रो डिभिजनको लिग च्याम्पियनसिप खेलिरहेको छ । यस्तै एन्फाले अर्को क्लब एल्डरसट टाउनसंग समेत छलफल गरेको थियो ।

लण्डन शहरबाट प्रतिनिधित्व गर्ने क्युपीआरले पछिल्लो समय सन् २०१४/१५ को सिजन प्रिमियर लिग खेलेको थियो । उसले १९६७ मा लिग कपको उपाधि समेत उचालेको थियो ।
फिफाको अवार्डमा सहभागि हुन एन्फा अध्यक्ष शेर्पा गत आईतबार इङ्ल्याण्ड गएका थिए ।

Source: Khelpati