काठमाडौं । पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबल खेलका लागि एन्फाले प्रारम्भिक टोली घोषणा गरेको छ । कात्तिक ३० मा हुने खेलका लागि एन्फाले प्रारम्भिक टोली घोषणा गरेको हो ।
नेपाल राष्ट्रिय टिममा नवयुग श्रेष्ठ, सुनिल बल, पुजन उपरकोटीले पनि मौका पाएका छन् । उनीहरूले केही साताअघि बंगलादेशविरुद्धको खेलमा मौका पाएका थिएनन् ।
पाकिस्तानविरुद्धको खेलका लागि नेपालको प्रारम्भिक टोली : किरण चेम्जोङ (गोलरक्षक) विकेश कुथु (गोलरक्षक), दीप कार्की (गोलरक्षक), विशाल श्रेष्ठ (गोलरक्षक), विकास खवास, विकास तामाङ, सेसेहाङ आङ्देम्बे, नवयुग श्रेष्ठ, तेज तामाङ, आभास लामिछाने, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, देवेन्द्र तामाङ, रञ्जित धिमाल, पुजन उपरकोटी, सुदीप गुरुङ, सुरज ज्यू ठकुरी, सुजल श्रेष्ठ, एरिक विष्ट, विमल घर्ती मगर, अञ्जन विष्ट, मनिष डाँगी, सुनिल बल, आशिष चौधरी, ऋतिक खड्का, आयुष घलान, सञ्जोग राई र निशान खड्का ।