नेपाल म्यानमारसँग ११-१ गोलअन्तरले पराजित

नेपाल एएफसी यु-१६ महिला च्याम्पियनसिपको छनोटबाट बाहिरिएको छ । नेपाल म्यानमारसँग ११-१ गोलअन्तरले पराजित भएको हो । शुक्रबार साँझ हलचोकस्थित एपीएफको खेल मैदानमा सम्पन्न भएको खेलमा नेपाल म्यानमारसँग पराजित भएसँगै छनोट हुने सम्भवना सकिएको हो ।

म्यानमारले नेपाल विरुद्ध खेलको चौथो मिनेटमानै गोल गर्दै अग्रता लिएको थियो । खेलको पाचौ मिनेटमा दोश्रो गोल गरेको म्यानमारले छैटौ मिनेटमा तेस्रो गोल गर्न पुग्यो । नेपाली खेलाडीमाथि हावी भएका म्यानमारका खेलाडीले एकपछि अर्को गोल गरेको थीयो । म्यानमारले खेलको १० औं, १७ औं र २० औं मिनेटमा गोल गर्दै ६-० गोलको अग्रता बनाएको थियो । खेलको २८औं, २९ औं, ३२ औं र ३७ औं मिनेटमा नेपालले गोल खादै १०-० गोलको भारी अन्तरले पछि परेको थियो ।

 

पहिलो हाफमै १०-० गोलले पछि परेको नेपालले दोस्रो हाफ भने १ गोल खादा १ गोल फर्काउन सफल भएको थियो । खेलको ६३ औं मिनेटमा म्यानमारले अर्को गोल गर्दै ११-० को अग्रता बनाएको थियो ।

नेपालको लागि निकिता ठोकरले गोल गर्दै ११-१ गोलको स्थितिमा पुर्याएकी थिइन् । नेपाल र मलेसिया दुबै टिम एक खेल खेल्नुअघि नै एएफसी यु-१६ महिला च्याम्पियनसिपको छनोटबाट बाहिरिएका छन् भने म्यानमार र फिलिपिन्स आगामी वर्ष थाइल्यान्डमा हुने एएफसी यु-१६ महिला च्याम्पियनसिपमा छनोट भएका छन् ।