नेपाल महिला टिमले पाकिस्तानलाई ४ गोल ले जिते

भुटानको थिम्पुमा जारी यू-१५ महिला साफ च्याम्पियनसिप अन्तर्गत समूह बीमा रहेको नेपालले पहिलो जित निकालेको छ । जितसँगै नेपाल समूहको एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको छ ।

नेपालले शनिबार भएको खेलमा पाकिस्तानलाई ४-० गोलले पराजित गरेको हो । भुटानको चांगलीमिथांग रंगशालामा नेपालले पहिलो हाफमा २ गोल गरेको थियो भने दोस्रो हाफमा २ गोल थपेको थियो ।

खेलमा नेपालकी सविता रानामगरले २ गोल गरिन् । उनले खेलको १४औं र ५६औं मिनेटमा गोल गरेकी थिइन् । त्यसअघि खेलको आठौं मिनेटमा अुनष्का शेर्पाले नेपाललाई सुरुआती अग्रता दिलाएकी थिइन् ।