नेपाल मलेसियाविरुद्ध पहिलो ब्याटिङ गर्ने

काठमाडौं । त्रिकोणात्मक सिरिजको लिग चरणको अन्तिम खेलमा मलेसियाविरुद्ध नेपालले ब्याटिङ्ग गर्ने भएको छ ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा मलेसियाले टस जितेर फिल्डिङ रोज्ने निर्णय गरेपछि नेपाल ब्याटिङ्गमा उत्रन लागेको ह ।

नेपाल यसअघिनै सिरिजको फाईनल पुगिसकेको छ । उपाधिका लागि नेपालले नेदरल्याण्ड्ससंग खेल्ने तय भएको छ

प्रतियोगिताबाट बाहिरिसकेको मलेसियालाई हराउँदै नेपाल शीर्ष स्थानमा रहदै फाईनल पुग्न चाहन्छ ।

सिरिजमा निकै राम्रो देखिएको नेपालको ब्याटिङ्गले बिहिबारको खेलमा समेत निरन्तरता पाउने अपेक्षा गरिएको छ ।