नेपाल भारत यु – १९ टि – २० क्रीकेट प्रतियोगिताको पहिलो खेलमा नेपाली टोलि बिजयी

पहिला ब्याटिङ गरेको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाउदै भारत सामु १४२ रनको लक्ष्य पेस गरेको थियो।

मुल्पानी क्रीकेट मैदानमा जारी नेपाल भारत मैत्रीपुर्ण यु-१९ टि-२० प्रतियोगिताको पहिलो खेलमा नेपाल बिजयी भएको छ। पहिलो खेलमा नेपाल २६ रनले बिजयी भएको हो।

नेपालका सेर मल्लले उत्कृष्ट प्रदर्सन गरेका थिए।
नेपाली बलरहरुको उत्कृष्ट प्रदर्शनमा भारतीय टोलि जवाफ बिहिन भएको हो । भारतले यस प्रतियोगिताका लागि कमजोर टिम पठाएको अनुभव भएको छ।

१४२ रनको लक्ष्य पछ्याएको भारतले आठ विकेट गुमाएर पूरा बीस ओभर खेल्दै ११५ बनाएको हो।

यो पाच खेल प्रतियोगिता हो जसमा पहिलो खेलमा नेपाल बिजयी भएको छ भने चार खेल बाकी छन , र सबै खेल मुल्पनी क्रीकेट इस्टेडियममा हुनेछ। खेलमा पाच विकेट चट्काउने सेर मल्ल म्यान अफ द म्याच भए।