एजेन्सी, साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालले हार भोग्दै फाइनलको यात्रामा धक्का पुगेको छ । नेपालविरुद्ध १-० गोलले जित निकाले पछि भारत फाइनलमा प्रवेश गरेको छ ।
बंगलादेशको ढाका स्थित शहिद सिपाहि मुस्तोफा कमल स्टेडियममा भएको खेलमा नेपालले पराजित भए पछि फाइनलमा पुग्ने सम्भावना न्युन बनेको छ ।
अब नेपालले बंगलादेश र श्रीलंका बिचको खेलको नतिजा पर्खनु पर्ने हुन्छ ।
श्रीलंकाले जितेको स्थितीमा नेपालले फाइनल खेल्ने छ । यदि बंगलादेशले बराबरी वा जितेमा नेपाल प्रतियोगिताबाट बाहिरिने छ ।
नेपालले दोश्रो हाफमा गोल व्योहोर्न पुगेको थियो ।
भारतले खेलको ६७ औं मिनेटमा प्रियंका देवि मार्फत अग्रता लिएको थियो ।
त्यसपछि, नेपालले गोलका केहि अवसर पाए पनि सदुपयोग गर्न सकेनन् ।
नेपालले प्रतियोगितामा दुईमा जित, एक बराबरी र एक हारको नतिजा निकालेका थिए ।
भारतले तिनमा जित र एक हारको नतिजा निकाल्दै फाइनलको यात्रा तय गरेको हो ।