नेपाल भर्सेस बंगलादेश : गर या मरको अवस्था

बङ्गलादेशमा जारी साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत नेपाल समुह चरणको अन्तिम खेल बङ्गलादेश सँग खेल्ने भएको छ । नेपालले यो खेल जित्नसके सेमिफाइनलमा प्रवेश गर्नेछ । समुह चरणको पहिलो खेल गुमाए पनि दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गरेको छ ।

जारी प्रतियोगितामा बङ्लादेशले तीन गोल गरेको छ भने एक गोल पनि खाएको छैन । नेपालले भने पाँच गोल गर्दा दई गोल खाएको छ । बिहीबार भएको समुह ए को दोस्रो चरणको खेलमा नेपालले भुटानलाई ४-० को फराकीलो अन्तरले पराजित गरेको थियो ।

दोस्रो चरणको खेल सकिदा सम्म बङ्लादेश अङ्क तालिकाको छ अङ्क बटुल्दै शीर्ष स्थिानमा रहेको छ भने नेपाल एकमा जित र एकमा हार व्यहोर्दै तिन अङकका साथ तेस्रो स्थानमा रहेको छ । सँगै नेपालाले खेल आफ्नो पक्षमा पारेको छ । जितसँगै नेपालको खेलको यात्रा जारी रहेको छ ।