नेपाल बन्यो टि-२० बिश्वकप एसिया छनौटको च्याम्पियन

नेपाल आईसीसी टि-२० बिश्वकप छनौट एसिया ( पूर्वी ) छनौट प्रतियोगिताको बिजेता बनेको छ। प्रतियोगिताको अन्तिम खेलमा सिंगापुरसंगको खेल वर्षाले पुरा हुन नसकेपछि अंकतालिकामा समान अंक रहेपनि नेट रन-रेटको आधारमा नेपाल अघि रहँदै विजेताको रुपमा प्रतियोगिताको अन्त्य गरेको हो।

विजेता हुँदै नेपाल , उपविजेताको रुपमा सिंगापुर र तेश्रो हुँदै मलेसिया टि-२० बिश्वकप छनौटको दोश्रो चरण एसिया छनौट प्रवेश गर्न सफल भएका छन्। एसिया छनौटमा नेपाल, सिंगापुर, मलेसिया सहित यएई, कुवेत र कतार छनौट भइसकेका छन्। एसिया छनौट बाट उत्कृस्ट २ टिम टि-२० बिश्वकपको ग्लोबल छनौट खेल्न छानिनेछन्।

 

सन् २०१४ पछि नेपालले पहिलो पटक कुनै प्रतियोगिताको उपाधि जितेको हो। यसै बर्ष फेब्रुवरीको डिभिजन-२ को फाइनलमा नेपाल युएईसंग पराजित भएको थियो।

टस जितेर नेपालले सिंगापुरलाई ब्याटिंग गर्ने निम्तो दिएको थियो जसपछि सिंगापुरले १७.३ ओभरमा ८१ रनमै सम्पूर्ण विकेट गुमाउन पुगेको थियो। जवाफमा ब्याटिंग थालेको नेपालले दोश्रो इनिंगको ३ बल खेल्दा वर्षाको कारण खेल रोकिएको थियो। खेल रोकिंदा ०.३ ओभरमा नेपालको स्कोर १/१ थियो जसपछि पुनः खेल सभव भएन।

प्रतियोगितामा नेपालले म्यानमार, मलेसिया, थाईल्याण्ड, चिन र भुटानलाई सजिलै पराजित गर्यो भने सिंगापुरले पनि समान टिमहरुलाई पराजित गरेको थियो।

सिंगापुरको ब्याटिंग
बायुमास ओभल मैदानमा टस हारेर ब्याटिंग गरेको सिंगापुरले खराब सुरुवात गर्यो। सोमपाल कामिले ओपनर अरित्रा दत्ता ( ४ ) र तेश्रो नम्बरका कुमारंगे ( ६ ) लाई पेभेलियन फर्काए भने छैठौं ओभरमा बसन्त रेग्मीले चन्द्रमोहन ( २५ ) लाई उही बाटो देखाउदा ३२ रनमा सिंगापुरले ३ विकेट गुमायो।

त्यसपछि पनि सिंगापुरको विकेट जाने शिलशिला रोकिएन।मध्ये क्रमका चेतन सुर्यबंशी ( ९ ) र मनप्रित सिंह ( १० ) लाई सन्दिप लामिछानेले पेभेलियन फर्काए। सिंगापुरको तल्लो क्रमले पनि खास प्रदर्शन गर्न सकेन र १७.३ ओभरमा ८१ रन बनाउदा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

नेपालको बलिङ्गमा सन्दिप लामिछानेले ४ विकेट हात पारे जुन क्रममा ३.३ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए। यस्तै सोमपाल कामि ( ३-०-२०-२ ) र करन केसीले ( ३-०-१८-२ ) २/२ विकेट तथा बसन्त रेग्मी र ललित राजबंशीले १/१ विकेट हात पारे।