नेपाल बंगबन्धु गोल्डकपको समूह ए मा

बंगलादेशमा हुने बंगबन्धु गोल्डकप फुटबल प्रतियोगितामा नेपाल समूह ए मा परेको छ ।

बंगलादेशमा आगामी अक्टोबर १ देखि १२ सम्म आयोजना हुने प्रतियोगिताको नेपाल साविक विजेता टोली हो । दुई वर्षअघिको संस्करणमा नेपालले उपाधि जितेको थियो ।

शनिबार भएको ड्रमा नेपाल समूह ए मा प्यालेस्टाइन र ताजिकिस्तानसँगे परेको छ । समूह बी मा आयोजक बंगलादेश लाओस र फिलिपिन्स छन् ।

बंगलादेश फुटबल फेडेरेसनले बंगलादेशका राष्ट्रपिता बंगबन्धु शेख मुजिबुर रहमानको स्मृतिमा सन् १९९६ देखि आयोजना सुरु गरेको प्रतियोगिताको यो पाँचौं सस्करण हो ।