नेपाल पुलिस क्लबको पहिलो हार

कतार एयर्वेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा संकटा क्लबले विभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गरेको छ  ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा संकटाले पुलिसलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

संकटालाई जित दिलाउन निरज बस्नेतले निर्णायक गोल गरे ।

निरजले खेलको १८ औं मिनेटमा गोल गरेका हुन् । लक्ष्मण रुचालको कर्नरमा उनले डाइभिङ हेडमार्फत सुन्दर गोल गरे ।

निरजको लिगमा यो तेस्रो गोल हो । यस गोल जारी लिगको ५० औं गोल समेत हो ।

 

यस जितसँगै संकटा लिगको चौंथो स्थानमा उक्लिएको छ । संकटाले ४ खेलमा ८ अंक जोडेको छ । संकटाको यो लिगमा दोस्रो जित हो ।

पुलिसले भने लिगमा पहिलो हार व्यहोरेको छ । पुलिसले ४ खेलमा ५ अंक जोडेको छ । पुलिस लिगको आठौं स्थानमा झरेको छ ।