नेपाल पुलिसलाई पराजित गर्दै ब्रिगेड ब्वाईजले जित्यो उपाधी

ब्रिगेड ब्वाईज क्लबले चौंथो संस्करणको ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ ।

आइतबार भएको फाइनलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै ब्रिगेड च्याम्पियन बनेको हो ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा ब्रिगेडलाई जित दिलाउन बृजेश चौधरीले निर्णायक गोल गरे ।

यो संगै ब्रिगेडले लगातार दोस्रो पटक उपाधि जितेको छ । उपाधिसँगै ब्रिगेडले ३ लाख नगद प्राप्त गरेको छ । उपविजेता बनेको पुलिसले १ लाख ५० हजारमा चित्त बुझायो ।

एन्फाको पूर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा अखिल नेपाल फुटबल संघ एन्फाले प्रतियोगिता आयोजना गरेको हो ।