नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा

माले, माल्दिभ्समा जारि साफ प्रतियोगितामा नेपाल बंगलादेशसंग बराबरि खेलेको छ । माले स्थित राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १० खेलाडिमा सिमित बंगलादेशसंग १-१ गोल बराबरी खेलेको हो ।

खेलको ९ औं मिनेटमा बंगलादेशले फ्रि-किक मार्फत अग्रता लियो। फ्रि-किकबाट आएको बललाइ सुमोन रेजाले सहज हेड गर्दै अग्रता दिलाए ।

त्येस्तै, २२ औं मिनेटमा बंगलादेशले अर्को अवसर खेर फाल्यो । सुमोन रेजाले काउन्टर मुभमा बुनेको अवसर रेजाको प्रहार गोलकिपर किरणले सहजै बचाउ गरे ।

नेपालले केहि आक्रमक मुभहरु बुने पनि सदुपयोग गर्न नसक्दा पहिलो हाफमा एक गोलले पछि परेको थियो ।

दोश्रो हाफमा नेपालले केहि सुधारिएको प्रदशन गरेको थियो । निरन्तर बंगलादेशको पोस्टमा आक्रमण गरे पनि गोल गर्न नसक्दा नेपाल पराजित हुनुपुग्यो ।

खेलको ७८ औं मिनेटमा बंगलादेश गोलकिपरले डि-ब्क्स बाहिर हातले बल छुदै रातो कार्ड पाउदै मैदान छोड्न बाध्य भयो ।

यस्तै, नेपालले ८६ औं मिनेटमा पेनाल्टी प्राप्त गरेको थियो । अन्जन बिष्ट पेनाल्टि बक्समा लडाए पछि उनले पेनाल्टिमा गोल गर्दै १-१ गोलको अवस्था पुराए ।

यो बराबरिसंगै नेपालले इतिहास रचेको छ । साफ प्रतियोगितामा नेपाल पहिलो पटक फाइनल प्रवेश गरेको छ ।