नेपाल पहिलो पटक वनडे बरियतामा हेर्नुहोस विश्वक्रिकेटमा नेपालको स्थान

गत मार्च महिनामा जिम्बाब्वेमा भएको आईसीसी विश्वकप छनोट क्रिकेट प्रतियोगिता खेल्ने क्रममा पपुवा न्युगिनीलाई ६ विकेटले हराउँदै एकदिवशीय क्रिकेट मान्यता पाएको नेपाली क्रिकेट टोली विश्व क्रिकेटको सर्वेच्च संस्था आईसीसीको वारियतामा १५ औँ स्थानमा उक्लिएको छ।

एक दिवशीय मान्यता पाउने टोलीहरुको १५ औँ स्थानमा रहेको नेपाल एसोसिएट राष्ट्रहरुको तालिकामा तस्रो स्थानमा रहेको छ। ४ वटा राष्ट्रमा रहने यो तालिकाको शिर्ष स्थानमा नेदरल्याण्डस् रहेको छ भने पुच्छारमा युएई रेहको छ। त्यसैगरी टेस्ट खेल्ने १२ राष्ट्रहरुको एकदिवसीय टोलीहरुको वरियताक्रमको शिर्ष स्थानमा भारत रहेको छ। त्यस्तै १२ स्थानमा भने आयरल्याण्ड छ।

विश्वकप छनोट अन्तर्गत नेपालले जिम्बाब्वेमा खेलेका लिस्ट ए अन्तर्गतका खेललाई आईसीसीले ओडीआई मान्यता दिएको छ। जस अनुसार नेपालले ४ खेलमा २ हार र २ जित हात पर्दै ओडीआई वरियतमा १५ औँ स्थानमा उक्लिएको हो। यस्तो छ, ओडीआई वरियता: