नेपाल को फेरी पनि खराब प्रदर्शन:- भियतनामसँग पनि पराजित

एशियन गेम्स अन्तर्गत पुरुष फुटबलमा नेपाल पराजित भएको छ । १८ औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा आज बिहीबार नेपाल भियतनामसँग २–० ले पराजित भएको हो ।

पहिलो ३० मिनेटमा नेपालले विपक्षीलाई गोलरहित बराबरीमा रोकेको थियो । तर ३४ औं मिनेटमा भियतनामले खेलमा अग्रता बनायो । पहिलो खेलमा जापानसँग १ –० ले पराजित भएको नेपालले भियतनामसँग राम्रो खेल्न सकेन

समूह ‘डी’मा रहेको नेपालले समूह चरणको अन्तिम खेलमा अगस्ट १९ मा पाकिस्तान यु २३ सँग खेल्नेछ ।