नेपाल कतारसंग हार्नुको केही कारणहरु

अस्ट्रेलियामा सन् २०२० मा हुने टि–२० विश्वकपको एसिया छनोटको सबैभन्दा बलियो टिम नेपाललाई पहिलो गाँसमै ढुंगा लागेको छ । सिंगापुरमा आइतबारबाट सुरु भएको एसिया छनोटको पहिलो खेलमा नेपाल कतारसँग ४ विकेटले पराजित भयो ।

खराब ब्याटिङ गरेको नेपाल कतारसँग ४ विकेटले पराजित भएसँगै नेपालको विश्वकप छनोटको यात्रामा कठीन बन्न सक्ने देखिएको छ । ५ राष्ट्र सहभागी एसिया छनोटबाट १ टिममात्र ग्लोबल छनोटमा जाने भएकाले कतारसँगको हार नेपालका लागि महँगो पर्न सक्छ ।

अब नेपालले कुवेत, सिंगापुर र मलेसियासँग खेल्न बाँकी छ । नेलाप बाहेक अन्य दुई बलियो टिम सिंगापुर र मलेसियाले प्रतियोगितामा विजयी सुरुवात गरेका नेपाल माथि दबाब परेको छ । अब बाँकी रहेका तीनवटै खेल जित्दै रनरेट राम्रो बनाउँदा नेपालको ग्लोबल छनोटको यात्रा सहज हुन्छ ।

कतारविरुद्ध नेपाली टोलीले खेलाडी छनोटमा पनि त्रुटी भएको देखियो । स्वभाविक रुपमा कमजोर ब्याटिङ गरिरहेको नेपालले कतारविरुद्ध ५ ब्याट्सम्यान र ६ बलर खेलाएको थियो । पारस खड्का, दीपेन्द्रसिंह ऐरी र शदर भेषावकर पनि राम्रो बलिङ गर्न सक्ने हुँदा हुँदै ६ बलर खेलाउनु नेपालको गम्भीर गल्ती देखियो ।

सोही कारण राम्रो सुरुवात गरेपनि पनि सामान्य योगफलमात्र बनाउन सक्यो । मध्यक्रमका दुई भरपर्दा ब्याट्सम्यान पारस र ज्ञानेन्द्र ओपनिङमा आएपछि नेपालको मध्यक्रम धर्मराएको थियो ।

नेपाल कतारविरुद्ध ५ बलर खेलाउँदै पवन सर्राफ वा रोहित पौडेलमध्ये १ लाई खेलानु पथ्र्यो । शरद र विनोद चाँडै आउट हुँदा दीपेन्द्रलाई साथ दिने ब्याट्सम्यान नै भएनन् । रोहितलाई खेलाएको उनले पाँचौ नम्बरमा ब्याटिङ गर्दै दीपेन्द्रसँग साझेदारी बनाउन सक्थे ।

अथवा एक बलर हउटाउँदै पवनलाई खेलाउँदै उनलाई पारससँग ओपनिङमा पठाउन सकिन्थ्यो । यस्तो अवस्थामा ज्ञानेन्द्र तेस्रो, दीपेन्द्र चौथो र शरदले पाचौं नम्बरमा ब्याटिङ गर्न सक्थे ।

नेपालले कतारविरुछ ब्याटिङ लाइनअप राम्रोसँग मिलाउन सकेन । ६ बलर नै खेलाउँदा पनि पारस र ज्ञानेन्द्र मध्ये एक तथा विनोद भण्डारीलाई ओपनिङमा ल्याउनु पथ्र्यो । यस्तो अवस्थामा मिडलअर्डरमा केही सन्तुलन हुन्थ्यो ।

टि–२० खेलमा निरन्तर खराब प्रदर्शन गरिहरेका ज्ञानेन्द्र मल्लको स्थानमा आक्रामक ब्याटिङ गर्न सक्ने युवा ब्याट्सम्यानलाई मौका दिनु आवश्यक देखिएको छ ।

यता, झिनो लक्ष्य पछ्याएको कतार सुरुवातमै नेपाली बलर महँगो सावित भएको अवस्थामा कप्तान पारस आफैँ र शरद वा दीपेन्द्रलाई बलिङ गराउन सक्थे । तर, उलने त्यसो गरेनन् । यी तीनमध्ये एकले बीचमा एक ओभरमा मात्र राम्रो बलिङ गरेको खेल नेपालको पक्षमा आउन सक्यो ।

यस्तै, प्रमुख बलर सोमपाल कामीले १ ओभरमात्र बलिङको अवसर पाए । सोमपालले पहिलो ओभरमै १३ रन दिएका थिए, उनलाई मिडल ओभरमा बलिङका अवसर दिनुपथ्र्यो । पहिलो ओभरमै महँगो सावित भएका ललित राजवंशीलाई मिडल ओभरमा अनुभवी सोमपाललाई बलिङ गराएको भए नेपाललाई फाइलदा हुन सक्थ्यो ।

विश्वकप खेल्ने लक्ष्य बनाएको नेपालले आगमी खेलमा कतारविरुद्ध भएका गल्ती सच्याउन आवश्यक छ । यदि आगमी खेलमा पनि यस्तै गल्ती दोहोरिने हो भने नेपालको विश्वकप सपना सपनामै सीमित हुने निश्चित छ ।