नेपाल ओलम्पिक कमिटीको मुख्य कार्यालयमा कार्यरत दुई कर्मचारीलाई कोरोना संक्रमण पुष्टि

सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीको मुख्य कार्यालयमा कार्यरत दुई कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मुख्यालयमा कार्यरत सबै कर्मचारीको स्वाब लिएर परीक्षणका लागि पठाइएको थियो ।

त्यसमध्ये २ जनाको रिपोर्ट शनिबार पोजेटिभ आएको हो ।

ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठका अनुसार अझै दुई कर्मचारीको रिपोर्ट आउन बाँकी छ । अब संक्रमित कर्मचारीले भेट गरेका सबै पदाधिकारीहरुको पनि कोरोना भाइरस परीक्षण गरिने महासचिव श्रेष्ठले बताउनुभयो ।

सर्वप्रथम स्क्वास एकेडेमी कार्याय सातदोबाटो मै बस्दै आएका प्रशिक्षक हिरा थापालाई कोरोना लागेको पुष्टि भएपछि ओलम्पिक कमिटीले सबै कर्मचारीको कोरोना परीक्षण गरिएको थियो ।