नेपाली यु-१९ टिम भारत प्रस्थान, राजेश हमालले दिए शुभ कामना

भारतीय क्रिकेट बोर्डको आयोजनामा सेप्टेम्बर १२ देखि सुरु हुने नेपाल यु-१९ , भारत यु-१९ , अफगानिस्तान यु-१९ र भारत यु-१९ ( बि ) सहभागी हुने सिरिजको लागि नेपाली युवा टिम आज बिहान भारत प्रस्थान गरेको छ। नेपाली टिम दिल्ली हुँदै प्रतियोगिता आयोजना स्थल लखनउ पुग्नेछ जहाँ सेप्टेम्बर १२ तारिकमा नेपालले भारतीय यु-१९ ( बि ) टिमको सामना गर्नेछ।

बिहान १० बजेको फ्लाइटबाट दिल्ली प्रस्थान गर्नु अघि नेपाली टिम गौशाला स्थित रामेश्वरम होटलबाट ७:३० बजे प्रस्थान गरेको थियो। टिमको औपचारिक बिदाई कार्यक्रम भने भएन।
एअरपोर्टमा युवा टिमको भेट नेपाली चलचित्र जगतका महानायक राजेश हमालसंग हुन पुग्यो जुन क्रममा हमालले नेपाली टिमलाई सुभकामना दिएका थिए। टिमले हमालसंग सामुहिक तस्बिर समेत खिचायो।

१५ सदस्यीय यु-१९ टिमसंग मुख्य प्रशिक्षक बिनोद दास , सहायक प्रशिक्षक मनोज कटवाल जाँदै छन् भने टिमको ब्यबस्थापकको रुपमा शक्ति गौचन र फिजियो बिक्रम न्यौपाने गरि कुल १९ जनाको टिम भारत प्रस्थान गरेको हो।

आसिफ शेखको कप्तानीमा रहेको युवा टिममा –
त्रित राज दास, रभि शाह , बिपिन रावल, लोकेश बम, रित गौतम, पवन सर्राफ, किशोर महतो, राशिद खान, भिम शार्की, कमल सिंह ऐरी, सन्दिप जोरा, सागर ढकाल, अरुण ऐरी र मोहम्मद संसाद आलम रहेका छन्।