नेपाली फुटबल सुपरस्टार रोहित चन्दले भैँसेपाटीमा रहेको ‘द ओर्फान होम’लाई जाडोको समय आवश्यक हुने सामग्रीहरुको साथ सहयोग गरेका छन्।
Posted by Rohit Chand Thakuri on Saturday, December 12, 2020
उनले एक फेसबुक पोस्टमा आफ्नो सहयोगको बारे पोस्ट गरेका थिए र सो पोस्टमा उनका दाइ रोहितचन्द ठकुरीले लेखेका थिए- “आफ्नो सानो परिवारमा त सधैँ उत्सव मनाइन्छ तर समय समयमा यसरी खुल्ला ठूलो परिवारमा रहेर फुर्सदको समयको उत्सव मनाउनुको छुट्टै आनन्द मिल्दो रहेछ ।
भैँसेपाटीमा रहेको The Orphans Home मा हामी दाजीभाई को एक दिन !”
हाल इन्डोनेसियन क्लब पर्सिजा जाकर्ताबाट खेल्दै गरेका रोहित चन्दको यो पहिलो सामाजिक कार्य भने होइन, यस अघि पनि उनले धेरै पटक सो प्रकारको मद्दतहरु गरेका छन् भने उनको फुटबल एकेडेमी RC32 पनि सामाजिक कार्यहरुमा सक्रिय रहेका छन् ।