नेपाली फुटबल स्टार दक्षिण एशियाकै सबैभन्दा मूल्यवान फुटबल खेलाडी

प्रसिद्ध अन्तर्राष्ट्रिय फुटबल ट्रान्सफर वेबसाइट Transfermarktले दक्षिण एसियाको सबैभन्दा मूल्यवान् फुटबल खेलाडीहरूको सानो सुची इन्स्टाग्राममा राखेको छ र Transfermarktका अनुसार जकार्तामा खेल्दै गरेका नेपाली फुटबल स्टार रोहित चन्दको मूल्य २७५,००० युरो रहेको छ।

भारतका गोलकिपर गुरप्रीत सिंहको मूल्य पनि सोही रहेको प्रसिद्ध अन्तर्राष्ट्रिय फुटबल ट्रान्सफर वेबसाइट Transfermarktले देखाएको छ जसको मतलब नेपाली स्टार रोहित चन्द र भारतका गोलकिपर दक्षिण एसियाकै सबैभन्दा महँगो फुटबल खेलाडी हुन्।

उक्त वेबसाइटले फुटबल खेलाडीहरूको मूल्याङ्कन गर्ने गर्छ र सो वेबसाइट फुटबल फ्यानहरूमा धेरै प्रसिद्ध छ भने क्लबहरूले पनि खेलाडी साइन गर्न सो वेबसाइटको मद्दत लिने गर्छन्।

Transfermarktले तयार गरेको दक्षिण एसियाको सबैभन्दा महँगो फुटबल खेलाडीहरूको पूर्ण सुची तल हेर्नुहोस्:-

Akram Abdul Ghanee (Maldives)- €75,000

Ahmed Waseem (Sri Lanka)- €100,000

Chencho Gyeltshen (Bhutan)- €150,000

Mohammad Adnan (Pakistan) €200,000

Gurpreet Singh (India)- €275,000

Rohit Chand (Nepal)- €275,000