“नेपाली फुटबल फ्यानहरू निकै उत्कृष्ट छन्”- अस्ट्रेलियन मिडियामा नेपाली फ्यानहरूको प्रशंसा

Photo Credit:- The Kathmandu Post

नेपालले २०२२को विश्वकप छनोटको खेलमा दशरथ रङ्गशालामा अस्ट्रेलियाको विरुद्ध खेल्ने छ र नेपाली फुटबलका प्राविधिक निर्देशक र नेपाल महिला राष्ट्रिय फुटबल टोलीका कोच गैरी फिलिप्सले अस्ट्रेलियन मिडिया सँग कुरा गर्दै नेपाली फुटबल फ्यानहरूको प्रशंसा गरे।

गैरी फिलिप्स पनि अस्ट्रेलियन हुन् र पूर्व एनएसएल खेलाडी र पूर्व सिडनी ओलम्पिक कोच हुन्। अस्ट्रेलियन मिडिया एसबिएस सँग कुरा गर्दै उनले नेपाली फुटबल फ्यानहरूको प्रशंसा गरे र नेपाल र अस्ट्रेलिया बिचको आउँदो खेलको ’bout बोले।

“नेपालको होम खेलको नतिजा जस्तोसुकै भए पनि, नेपालको सिनियर राष्ट्रिय टोलीले, विभिन्न कारणहरूले गर्दा, धेरै समय देखि प्रशंसकको अगाडि खेलेको छैन। फुटबल नम्बर एक खेल भएको देशको लागि यो दुखद छ।- गैरी फिलिप्सले एसबिएसलाई भने।

“कल्पना गर्नुहोस् कि यस्तो कुरा अस्ट्रेलियामा कुनै पनि कारण भयो- त्यहाँ धेरै आक्रोश हुने छ। नेपालको यो अवसर सबैको लागि एक अद्भुत अनुभव हुनेछ। यहाँका फुटबल फ्यानहरू निकै उत्कृष्ट छन्।

“हामीले(नेपाल) २०१९ मा अन्डर २३को लागि दक्षिण एसियाली खेलहरू आयोजना गरेका थियौँ, हामीले फाइनलमा खेलेका थियौँ – भुटान विरुद्धको खेलमा काठमाडौँ स्थिर भयो। सडकमा ठुलो स्क्रिनहरूमा खेल प्रसारण भयो , यातायात सब बन्द भयो र स्टेडियम बाहिर पनि फ्यानहरू थिए भने लाखौँ फ्यानहरू प्रत्यक्ष घरमै हेरिरहेका थिए।

“हामी(नेपाल) एक विकासशील फुटबल राष्ट्रको रूपमा (खेलको नतिजा जे भए पनि) हाम्रो लागि यो एक जित हुने छ, यसको प्रभाव अर्को चरणमा हुनेछ,” गैरी फिलिप्सले एसबिएसमा नेपाली फ्यानहरूको प्रशंसा गर्दै भने।

मार्च ३०मा नेपालले २०२२को विश्वकप छनोटको खेलमा दशरथ रङ्गशालामा अस्ट्रेलिया बिरुद्ध खेल्ने छ।