नेपाली फुटबल टोली विश्वकप दोस्रो चरणको खेल्न कुवेत प्रस्थान

विश्वकप तथा एसियन कप छनोट अन्तर्गतको दोस्रो चरणको क्वालिफायर्समा खेल्न नेपाली राष्ट्रिय फुटबल टोली आज कुवेत प्रस्थान गरेको छ।

प्रतियोगितामा नेपालले कुवेतसँग सेप्टेम्बर ५ मा प्रतिस्पर्धा गर्नेछ। त्यस्तै, दोस्रो खेलमा चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्ने छ। दोस्रो खेल सेप्टेम्बर १० मा  हुनेछ। खेलाडीहरुलाई शुक्रवार एन्फाले एक कार्यक्रमबीच बिदाइ गरेको थियो।

नेेपाली टिमकाे कप्तानी यसपटक किरण चेम्जोङले गर्ने छन्। यस अघिको जोहोर डारुलसँगको मैत्रीपूर्ण खेलमा भने सुजल श्रेष्ठले टिमको कप्तानी गरेका थिए। जोहोर डारुलसँग नखेलेका रोहित चन्द र किरण चेम्जोङ यसपटक टिममा समावेश छन भने विमल राना र एलन न्यौपाने टिममा छैनन्।

त्यस्तै नियमित कप्तान विराज महर्जन यसपटक पनि टिममा समावेश छैनन्।