नेपाली फुटबल टोली को थाइल्यान्डमा पराजित – निकै नै रोमाञ्च रहेको खेलको हाइलाइट्स सहित

नेपाली यु–२३ फुटबल टिमले थाइल्यान्डको पुलिस टेरो क्लबसँग १–० को हार बेहोरेको हो । ३९ औं मिनेटमा आदित्य चौधरीले आत्मघाती गोल गरेपछि पुलिस टेरोको ‘बी’ टिमले पहिलो हाफमै १–० को अग्रता बनाएको थियो । त्यही गोल नै नेपालको हारमा निर्णायक बन्यो ।

नेपालले अब १० अगस्टमा थाइल्यान्डको यु–२३ टिमसँग खेल्नेछ । थाइल्याण्डको प्रशिक्षणपछि नेपाली टोली त्यहीबाट इन्डोनेसियामा जानेछन् ।

एसियन गेम्समा नेपाल समूह डीमा रहेको नेपालले जापान, भियतनाम र पाकिस्तानसँग खेल्नेछन् । एसियाड भदौ २ गते औपचारिक रुपमा सुरु हुने भएपनि फुटबल भने केहि दिन अघिबाट सुरु हुनेछ ।