नेपाली टोलिका मुख्य प्रशिक्षक भन्छन् – ‘राम्रो नतिजा नआए खेलाडीहरुलाई होइन मलाई दोष दिनु’

नेपाल राष्ट्रिय टोलिका नयाँ प्रशिक्षक अब्दुल्ला अलमुटैरीले नेपाली दर्शकहरुलाई धैर्य रहन आग्रह गरेका छन् ।

उनले आफ्नो फेस्बुक मार्फत नयाँ खेल शैली र मानसिकताका साथ मैदानमा उत्रिने हुँदा सोचे जस्तो नतिजा आउन केही समय लाग्ने बताए ।

उनले लेखे, ” प्रिय् नेपाली फुटबल फ्यानहरु, म सबै कमेन्टहरु पद्छु र सबैलाई मायाको लागि धन्यवाद दिन चाह्न्छु ।

म तपाईंहरुबाट राम्रो नतिजाको र खेलाडीमा धैर्य राख्न अनुरोध गर्दछु ।

हामी नयाँ मानसिकता र नयाँ खेल शैलीका साथ आउने छु, सुरुवातमा अलि गाह्रो हुनेछ र केही समय लाग्ने छ, त्यसैले अहिले नतिजाको लागि हतार नगरौं ।

हामी राम्रो भविष्यको लागि लाग्नेछौं । यदि नतिजा हाम्रो पक्षे नआए मलाई दोष दिनु, खेलाडीहरुलाई होइन ।

धन्यवाद ।”

नेपालले मे २९ मा इराकबिरुद्ध बस्रा स्टेडियममा मैत्रीपुर्ण खेल खेल्ने छ ।