नेपाली चलचित्र ‘साँइली’ डिशहोमको च्यानल नं १०८ मा मात्र रु. ३२५ मा हेर्न सकिने

नेपाली चलचित्र साँइली डिशहोमको च्यानल नं. १०८ मा प्रशारण भइरहेको छ । प्रति शो को रु ३२५ मात्र तिरेर डिशहोमका ग्राहकहरुले चलचित्र हेर्ने सुविधासहित हिशहोमले यहि जेष्ठ ३ गतेदेखि नेपाली कथानक चलचित्र साँइली प्रशारण गरिरहेको हो ।

चलचित्र साँइली विहान ८ वजे, दिउँसो १२ वजे, ४ वजे र बेलुकी ८ वजे हेर्न सकिने छ ।

डिशहोमका ग्राहकहरुले सिनेमा हेर्नका लागि मोबाईलबाट sms साधारण पठाएर हेर्न सकिनेछ । अथवा, CasID को ठाँउमा आफ्नो सेट–टप बक्सको पछाडी भएको ११ अकंको गणितीय CasID नम्बर राखी ३२५८० वा ३२५०० मा sms पठाएर पनि चलचित्र हेर्न सकिने डिशहोमले व्यवस्था गरेको छ ।

मोबाईलबाट विहान ८ बजेको शो हेर्नको लागि SMS Command: MOD CasID a

दिउँसो १२ बजेको शो हेर्नको लागि SMS Command: MOD CasID b

दिउँसो ४ बजेको शो हेर्नको लागि SMS Command: MOD CasID c

बेलुकी ८ बजेको शो हेर्नको लागि SMS Command: MOD CasID d मा साधारण sms पठाउन सकिन्छ ।

त्यसैगरि डिशहोम ग्राहक सेवा केन्द्रको फोन नं. १६६० ०१ २२००० वा ०१–४२१७६६६ मा फोन गरेर पनि शो खुलाउन सकिने व्यवस्था डिश होमले गरेको छ ।