“नेपाली क्लबले फुटबल हुँदा माया गर्छ, फुटबल नहुँदा बेवास्ता गर्छ”

PC:- Routine Of Nepal Banda

हाल विश्व खेलकुद कोरोनाको माहामारीको कारण प्रभावित भएको छ भने खेलाडीहरु पनि समस्यामा छन्। नेपालमा पनि कोरोन कारण सबै खेलकुद समस्या भएको छ।

अन्य देशहरु बिस्तारी खेलकुदलाई फिर्ता गर्ने तिर लागि परेका छन् भने नेपालमा हाल खेलकुद पूर्ण रुपमा रोकिएको छ जसको प्रत्यक्ष असर खेलाडीहरुलाई परेको छ र नेपाली खेलाडीहरु मात्र नभै नेपालमा खेल्ने विदेशी खेलाडीहरु पनि लकडाउनको कारण गाह्रो अवस्थामा पुगेका छन्।

नेपाली क्लबहरुमा फुटबल खेल्ने विदेशी खेलाडीहरु जो अधिकतर अफ्रिकाका देशहरुबाट आएका छन् हाल नेपालमा फुटबलमा भएको अवरोधको कारण पीडामा रहेका छन् घर फर्किन रकम न भएको क्लबबाट र एन्फाबाट पर्याप्त मद्दत नपाएका उक्त खेलाडीहरु बिजोगमा रहेका छन्।

रुटिन अफ नेपाल बन्दले केहि विदेशी खेलाडीहरु संग अन्तर्वार्ता लिएका छन् र सो अन्तर्वार्तामा क्लबले यस्तो गाह्रो अवस्थामा आफुहरुलाई बेवास्ता गरेको भनेर सो अफ्रिकी खेलाडीहरुले आफ्नो गुनासो सुनाए।

“नेपाली क्लबले फुटबल हुँदा माया गर्छ फुटबल नहुँदा माया गर्दैन” फ्लोरेन्टले सो अन्तर्वार्तामा बताए ।