नेपाली क्रिकेट टाेली आज राति स्वदेश फर्किदै

टि-२० विश्वकप एशिया छनोट खेलेर नेपाली टिम साेमबार राति स्वदेश फिर्ता हुने भएको छ।

सिंगापुरसँग आइतबार भएको खेलमा ८२ रनले पराजित भए पछि ग्लोबल छनोटमा पुग्न असफल भएको नेपाली टिम राति १०:३० बजे काठमाडौं पुग्ने बताइएको छ।

एशियन छनोटको पहिलो खेलमा कतारसँग हारेको नेपाल अन्तिम खेलमा सिंगापुरसँग पराजित भएसँगै अर्को वर्ष हुने विश्वकप क्रिकेटका लागि ग्लोबल छनोट खेल्न अयोग्य भएको हो।

नेपाली टिमका दुई जना सदस्य भने नेपाल आउने छैन्। सोमपाल कामी र सन्दीप लामिछाने उतैबाट क्यानडामा ग्लोबल टी-२० खेल्न जानेछ।