नेपाली क्रिकेटर पहिलो पटक एकदिवशीय वरियतामा समावेश

पहिलो पटक अन्तर्राष्ट्रिय एकदिवशीय सिरिज खेलेपछि नेपाली क्रिकेटरहरु अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको एकदिवशीय वरियतामा पहिलो पटक समावेश भएका छन् ।

आईसीसीले सोमबार सार्वजनिक गरेको नयाँ वरियतामा युवा बलर सन्दिप लामिछाने, ब्याटिङमा अलराउण्डर सोमपाल कामी र ज्ञानेन्द्र मल्ल छन् ।

क्रिकेटको २२ वर्षको इतिहासमा पहिलो पटक अन्तर्राष्ट्रिय एकदिवशीय मान्यता पाएपछि नेपाली खेलाडीहरुको विश्व वरियताको ढोका खुलेको हो ।