नेपालले ‘होम गेम’ कुवेतमा खेल्ने, कुवेतले ‘होम गेम’ नेपालमा खेल्ने; पुरा जानकारी

फिफा विश्वकप फुटबल २०२२ का लागि एसियाको दोस्रो चरणको छनोट अन्तर्ग नेपालले आफ्नो पहिलो खेल कुवेतमा खेल्ने भएको छ । नेपालले पहिलो होम खेल कुवेतसँग उसैको घरे मैदानमा खेल्न लागेको हो । एन्फाले नेपालमा हुने भनिएको ‘होम गेम’ कुवेतमा हुने जानकारी दिएको छ ।

नेपालले पहिलो खेल सेटेम्बर ५ मा कुवेतसँग खेल्नेछ, उता कुवेतले उसको ‘होम गेम’ भने नेपालमा आएर खेल्ने एन्फाले बताएको छ । नेपाल र कुवेतबीचक दोस्रो खेल १९ नोभेम्बरमा नेपालको दशरथ रंगशालामा हुनेछ ।

एन्फाले नेपालको एक मात्र अन्तराष्ट्रिय रंगशाला दशरथ रंगशालाको पुननिर्माण त्यस समयमा नसकिने हुँदा कुवेत फुटबल फेडेरसनसँग खेल सट्टा पट्टा गरेर खेल्न आग्रह गरेको थियो । जसम कुवेत सहमत भएको एन्फाले जनाएको छ ।

यसअघि विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले नेपालको ‘होम एण्ड अवे’ दुवै खेल कुवेतमै नगर्न र न्युट्रल भेन्यु खोज्न आग्रह गर्दै एन्फालाई पत्र पठाएको थियो ।

योसँगै छनोटको चार वटै खेल नेपालले घरेलु मैदान दशरथ रंगशालामा खेल्ने भएको छ । यसअघि कुवेतसँगको दुवै खेल कुवेतको मैदानमा खेल्ने तालिका बनेपछि नेपालले ३ खेल मात्र घरेलु मैदानमा खेल्ने तय भएको थियो ।

छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा अस्ट्रेलिया, चाईनिज ताइपेई, जोर्डन र कुवेत रहेका छन् ।