नेपालले श्रींलकामा ३ अभ्यास खेल खेल्ने

एसिया कप छनौट खेल खेल्नु अघि नेपाली राष्ट्रिय क्रिकेट टीमले श्रींलकामा ३ अभ्यास खेल खेल्ने भएको छ । नेपाली टोलीका टेक्नीकल म्यानेजर रमन शिवाकोटीका अनुसार नेपाल अगष्ट २० मा श्रींलका जाने छ । ३ अभ्यास खेल पछि उतैबाट सिधैँ मलेसिया प्रस्थान गर्ने छ । तर कुन टिमसँग भने अझै फिक्स नभएको र आईसीसीसँग कुरा गरि रहेको टेक्नीकल म्यानेजर रमन शिवाकोटीले गतीशिल खबरलाई जानकारी दिए ।

एसिया कपमा नेपालको पहिलो खेल अगष्ट २९ मा ओमनसँग रहेको छ । दोस्रो खेलमा अगष्ट ३० मा युएइको सामना गर्ने छ । सेप्टेम्वर १ मलेसिया,२ मा सिंगापुर र ४ मा हङकङसँग भिड्ने छ । टप दुई टोली फाइनल पुग्ने छन् र विजेता टोली एसिया कप खेल्न पाउने छ । त्यस्तै १९ सदस्य टोली बन्द्र प्रशिक्षणमा बोलाइएको छ । शरद चोटका कारण टिममा परेका छैनन् ।